टुनिखोला सडक र्दुघटना अपडेटःउपचार पश्चात ११ घर फर्के,१४ जनाको ट्रमा सेन्टरमा उपचार हुदै
कार्तिक १५ गते, २०७६ - ०२ः५३ मा प्रकाशित
धादिङ १४ कार्तिक धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ टुनिखोलामा बलेरो गाडी दुर्घटनामा परी घाईते भएका मध्ये ११ जना उपचार पश्चात घर फर्केका छन् । ताल्तिबाट मलेखुतर्फ आउदै गरेको ग १ ज ३०११ नम्बरको बलेरो जिप दुर्घटना हुँदा २५ जना घाईते भएका थिए । घाईते मध्ये १४ जनाको अहिले ट्रमा सेन्टर काठमाण्डौमा उपचार भईरहेको छ । बलेरो जिप सडकबाट तल खोलामा खसेको थियो । प्रहरीले चालक बेनिघाट गाउँपालिका वडा नम्बर २ छापडांडाका १९ बर्षिय सागर श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।