चैत्र १२ गते, २०८१ - १६ः३६
Follow us:

क्यान्सर पीडित धादिङका आकाश रसाईलीलाई कोरियाबासी नेपालीको साथ

धादिङ ९ कार्तिक ।
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ का ब्लड क्यान्सर पीडित आकाश रसाईलीलाई १ लाख ३१ हजार ७ सय ७० रुपैया हस्तान्तरण गरीएको छ । शुक्रबार थाक्रेमा आयोजित एक कार्यक्रमका बीच नेपाली काँग्रेसका सभापति रमेश धमलाले संकलन भएको रकम पीडितका आमालाई हस्तान्तरण गर्नुभएको हो ।
धादिङ समाज दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष मनोज थापा र सदस्य धु्रव थापाको नेतृत्वमा दक्षिण कोरियामा संकलन भएको नगद १ लाख २३ हजार रुपैया हस्तान्तरण गरीएको हो । मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि सहयोग गरीएको धादिङका समाज दक्षिण कोरियाका वरिष्ठ मनोज थापाले बताउनुभयो ।
नेपालीहरुको महान पर्व शुभ दिपावली,नेपाल सम्बत र छठको अवसर पारेर थाक्रेमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा आर्थिक सहयोग गरीएको धादिङ समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष मनोज थापाले बताउनुभयो । दक्षिण कोरियामा संकलन भएको नगद १ लाख २३ हजार,नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाबाट नगद ५ हजार र स्थानीयबाट संकलित ३ हजार ७ सय ७० रुपैया गरी जम्मा १ लाख ३१ हजार ७ सय ७० रुपैया आर्थिक सहयोग गरीएको छ ।
नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाको प्रमुख आतिथ्य र नेपाली काँग्रेस धादिङका महासमिति सदस्य हरी अधिकारीको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा,नेपाली कांगे्रस धादिङकी नेतृ अम्बिका अधिकारी, क्षेत्रीय सभापति कृष्ण रिजाल,गाउँपालिका सभापति साधुराम थापा,थाक्रे गाउँपालिका वडा नम्बर १ का अध्यक्ष ईन्द बहादुर थापा ,स्थानीय समाजसेवीको रोहबरमा नगद हस्तान्तरण गरीएको हो । कार्यक्रम सन्चालन स्थानीय समाजसेवी उत्तम थापाले गर्नुभएको थियो ।

प्रतिकृया लेख्नुहोस्: