चैत्र १२ गते, २०८१ - १६ः५०
Follow us:

धादिङमा एक पर्यटकको मृत्यु


धादिङ ३ कार्तिक ।
धादिङको रुबीभ्याली गाउँपालिकामा ट्रेकिङको लागि आएका एक विदेशी पर्यटकको निधन भएको छ । हाई कन्टी ट्रेकिङबाट गणेश हिमाल क्षेत्रमा ट्रेकिङ आएका अस्ट्रेलियन नागरिकको सुतेकै स्थानमा ज्यान गएको हो । रुबीभ्याली गाउँपालिका वडा नं १ सोम्दाङमा आईतबार सुतेकै स्थानमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । अत्याधिक चिसो बढेका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतकको शव प्रहरीको टोलीले हेलिकप्टर मार्फत टिचिङ अस्पतालमा लगिएको छ ।

प्रतिकृया लेख्नुहोस्: