मुलुकमा ५ देखि १९ वर्षमा बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ गुणाले बढेको छ । यो समस्यामा कमसल खानाले गर्दा बढेको हो ।
‘विश्वमा
बालबालिकाको अवस्था २०१९–बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले
मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको
स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ ।
नेपालमा ५ देखि १९ वर्ष समेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ । प्रतिवेदनअनुसार बढी तौल र मोटोपना आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्दछ । सम्पन्न र सहरियाहरुमा मोटोपना हुने सम्भावना बढी रहेको छ । नेपालका करिब ३६ हजार बालबालिका मोटोपनाको समस्या छ । कान्तिपुर दैनिकबाट