जेष्ठ ११ गते, २०८३ - ०६ः५१
Follow us:

प्रचण्ड–ओलीबीच कुरा नमिल्दा रोकियो एकता प्रक्रिया

काठमाण्डौ १२ असोज ।

सत्तारुढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दाहालबीच पछिल्लो समय दिनहुँजसो एक्लाएक्लै छलफल भइरहे पनि जिम्मेवारी बाँडफाँटबरे कुरा मिल्न सकेको  छैन । 

ओली र दाहालले शुक्रबार बिहानसमेत छलफल गरेका थिए । प्रधानमन्त्री ओली स्वाथ्योपचार गराउन दोस्रो पटक सिंगापुर जानुअघि पार्टी एकीकरणका धेरै काम सकिएका थिए ।‘त्यसरी एकीकरणका काम धमाधम टुंगिनुको कारण अध्यक्षहरुबीच भएको मौखिक समझदारी हो । 

त्यसलाई पालना गर्न पछिल्लो समय प्रधानमन्त्रीले आनाकानी गरिरहनुभएको छ ,’ दाहाल निकट स्रोतले कान्तिपुरसँग भन्यो । ।कान्तिपुर दैनिकबाट
 

प्रतिकृया लेख्नुहोस्: