धादिङ ११ असोज । धादिङको नीलकण्ठ नगरपालिका स्थित ज्यामिरेमा ट्याक्टर दुर्घटना हुँदा १० जना घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । ना६च २७८० नम्बरको ट्या्कटर सडकमा पल्टिएर दुर्घटनामा परेको ेहो । दुर्घटनामा पर्नेहरु सबै धादिङबेंसी(सल्यानटार सडकखण्ड निर्माण गर्ने कामदारहरु रहेका छन् । ट्याक्टरमा १४ जना चढेका थिए। ‘दुर्घटनामा घाइते भएका ९ जना मध्य सख्त घाइते भएका कृष्णबहादुर रावत र जयबहादुर चनारालाई उपचारका लागि भरतपुर लगिएको छ । अन्य घाइतेहरुमा तेजबहादुर रावत, पूर्णवहादुर डाँगी, दिर्घबहादुर रावत, कर्णबहादुर शाही, कर्णबहादुर चनारा, चन्द्रबहादुर रावत, विर्खबहादुर रावत रहेका छन्। उनीहरुको जिल्ला अस्पताल धादिङबेंसीमा उपचार भइरहेको छ। ट्याक्टर चालक सन्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।