घले समाज प्रदेश ३ को प्रथम भेला सम्पन्न, अध्यक्षमा धनबहादुर घले
आश्विन ५ गते, २०७६ - २२ः३१ मा प्रकाशित
काठमाडौं, ५ असोज । घले समाज प्रदेश नं. ३ ले आफ्नो प्रथम भेला सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न भेलाले प्रदेश अध्यक्षमा धनबहादुर घलेलाई चयन गरेको छ ।
माछापोखरीबाट मौलिक झाँकीसहितको निस्किएको समाजको र्याली वनस्थली पार्टी सभाहल पुगेर सभामा परिणत भएको थियो । घले समाज ‘लि:ल फङको अभियान, घले जातिको स्वाभिमान’ भन्ने मूल नाराका साथ २०६५ सालमा स्थापना भएको संस्था हो ।
घले समाज प्रदेश ३ द्वारा आयोजित कार्यक्रममा प्रदेश नं. ३ भेला आयोजक समितिका संयोजक तथा केन्द्रीय उपाध्यक्ष दिपेन घलेको सभापतित्वमा सम्पन्न भेलामा कानुन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङ, सांसद बहादुरसिङ लामा, दिनेश कुमार घले, धनबहादुर घले, मेघ बहादुर घले, मीन बहादुर घले, ज्ञान बहादुर घले, गणेश घले, जकमाया घले, गायक हिमाल घले, रोमि घले, मीन बहादुर घले प्रविन, चर्चित गयिका मनमाया तामाङ, नर बहदुर घले, बेनिरानी घलेलगायत विभिन्न प्रवास शाखाका प्रतिनिधिहरु, संघ संस्था प्रमुख, समाजसेवी , बुद्धिजीवीहरुको बाक्लो उपस्तिथी रहेको थियो ।
भेलाले संविधानसभा सदस्य धन बहादुर घले (धादिङ) को अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष प्रविण घले (सिन्धुपाल्चोक), द्वितीय उपाध्यक्ष गुना घले (चितवन), सचिव पेम्बा घले (काठमाडौं), सह-सचिव गंगासिङ घले (चितवन), कोषाध्यक्ष लुरानी घले (धादिङ), सहकोषाध्यक्ष-टासी घले (रसुवा) चयन भएका छन् ।
त्यसैगरी नवनिर्वाचित सदस्यहरुमा खगेन्द्रबहादुर घले, भिमराज घले, खमसुङ घले, विश्व घले, नप्रिङ घले, आनन्द घले, यमु घले, डिल्लीराम घले, पसमाया घले, रमेश घले, नवराज घले, विकास घले, उमेश घले, लक्ष्मण घले, चन्द्रबहादुर घले, विकास घले, हिमाल घले, टुकबगादुर घले, डेबिड घले, ज्ञानु घले, देउ बहादुर घले र खिलु घले रहेका छन् ।
अन्य सदस्यहरुमा धनिराम घले, मिङ मिङ घले, पर्दिमान घले, जयराम घले, चेत बहादुर घले, नारायण घले, पदम घले, भद्रबहादुर घले, मिता घले सन्देश घले, रणबहादुर घले, करसाङ घले, रिञ्जिब नर्बु घले, फुर्पु ग्याल घले, गोविन्द घले रहेका छन् ।
प्रविण घलेले मन्तव्यमार्फत् उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने शुभकामना मन्तव्य राख्ने विभिन्न व्यक्तित्वहरुले विश्वभरिका घले एकता हुनु विकल्प नभएको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको समापन गर्दै सभापति दिपेन घलेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । उनले समाजको सफलताको लागि अनवरत सहयोग पुर्याउनु हुने सबैमा आभार व्यक्त गरेका थिए ।