लोकदोहोरी प्रतिष्ठान ३ नम्बर प्रदेशको अध्यक्षमा बासु सिंखडा निर्वाचित
आश्विन ५ गते, २०७६ - १६ः०० मा प्रकाशित
धादिङ असोज ५ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल ३ नम्बर प्रदेशको अध्यक्षमा धादिङका विष्णु सिंखडा विजयी हुनुभएको छ । सिंखडाले अध्यक्षका प्रत्यासी धादिङका भरत बराकोटीलाई पराजित गर्दै अध्यक्षतमा निर्वाचित भएका हुन् । भरत वाराकोटीलाई १८ भोटले पराजित गर्दै अध्यक्षम विजयी हुनुभएको हो । यसैगरी प्रथम उपाध्यक्ष पदमा धादिङका कृष्ण शिशिरले निर्वाचित हुनुभएको छ । सर्व सहमतिमा वरिस्ठ उपाध्यक्ष मकवानपुरका बाल कुमार मल्ल महिला उपाध्यक्षमा काठमाण्डौकी मिनाकृष्ण खड्कां, प्रथम उपाध्यक्षमा कृष्ण शिशिर, सचिवमा दोलखाका अमृत खाती, कोषाध्यक्षमा काठमाण्डौका भिम कार्कीं, महिला सचिव उषा सुवेदी काठमाडौं र सह सचिवमाद्वय धादिङका बलबहादुर गुरुङ र खिलदेवि देवकोटाका निर्वाचिन हुनुभएको छ ।