धादिङ ५ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा संविधान सभाका सदस्य धन बहादुर घले लिःल फङ (घले समाज) ३ नम्बर प्रदेशको अध्यक्षमा चयन हुनुभएको छ ।घले समाजको काठमाण्डौमा सम्पन्न भएको प्रथम भेलाले घलेलाई अध्यक्षमा चयन गरेको हो । नव निर्वाचित समितिको उपाध्यक्षमा सिन्धुपाल्चोकको प्रविण घले,महिला उपाध्यक्षमा चितवनको मुना घले,सचिव काठमाण्डौको पेम्मा घले, सहसचिव मंगलसिंह घले, लुरानी घले धादिङ, सह–कोषाध्यक्ष टासी घले रसुवा लगायत ४३ सदस्यी प्रदेश समिति गठन गरेको छ ।