पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित डेढ सय व्यक्तिका पदक खारेज हुँदै
आश्विन ५ गते, २०७६ - १३ः४३ मा प्रकाशित
काठमाण्डौ ५ असोज ।
विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रधान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । पछिल्लो ९ वर्षमा प्रदान गरिएका १४२ पदक गृहमै बेवारिस छन् ।
सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिएपनि बेवास्ता गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । ‘विभूषण
सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड–२०७५’ अनुसार मानपदवी
प्रदान गरिएको १ वर्षभित्र सम्बन्धित व्यक्तिले नलिएमा स्वतः रद्द हुन्छ ।
मापदण्डअनुसार गृहले फिर्तासम्बन्धी निर्णय लिए पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त)सहित १४२ जनाकै पदक खोसिनेछ ।
सरकारले संविधान दिवसको अवसर पारेर शुक्रबार ६३४ जनालाई मनपदवीमा सिफारिस गरेको छ । ती व्यक्तिलाई २०७७ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नेछिन । गत वर्ष ३४२ जनालाई मानपदवी प्रदान गरिएको थियो । कान्तिपुर दैनिकबाट