जेष्ठ ५ गते, २०८३ - २१ः५२
Follow us:

बागेश्वरी मन्दिरको सम्पत्ति सार्वजनिक, ८४ बिगाहा व्यक्तिको नाममा गएको कागज भेटिएन

काठमाण्डौ ५ असोज ।

नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरको ८४ बिगाहा जमिन व्यक्तिको नाममा नामसारी भएको कागजात फेला पार्न सकिएको छैन।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्जले करिब दुई वर्षको अवधिमा मन्दिरको सम्पत्ति खोजबिन गर्दा इन्द्रपुरमा रहेको ८४ बिगाहा १० कठ्ठा १० धुर जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने पत्ता लगाउन नसकेको हो।

समितिले शनिबार पत्रकार सम्मेलन गरेर मन्दिरको सम्पत्ति सार्वजनिक गर्दा ८४ बिगाहा जमिन कानुनतः हो कि अवैधानिकरूपमा व्यक्तिको नाममा नामसारी भएको हो भन्ने पत्ता लगाउन नसकेको जनाएको छ।

२०२७ पुस १३, २०२८ कात्तिक १४ र २०५७ असोज १७ गतेको निर्णयअनुसार बागेश्वरीको नाम कठ्ठा भई रैतान नम्बरी कायम गरी इन्द्रपुरको ८४ बिगाहा जमिन करिब ३ सय जनाको नाममा नामसारी भएको छ।

प्रतिकृया लेख्नुहोस्: