डेंगु परीक्षण कीटमा ठगी धन्दाः परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली
भाद्र २९ गते, २०७६ - १४ः१३ मा प्रकाशित
काठमाण्डौं २९ भाद्र ।
डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् ।
अस्पतालले
सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १
हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या
मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् ।
मन्त्रालयले
सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ ।
सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको
गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क
लिएको बिरामीको गुनासो छ ।
हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । राजधानी दैनिकबाट