जेष्ठ ५ गते, २०८३ - २१ः२३
Follow us:

सिड्सको अध्यक्षमा माधव खतिवडा

धादिङ २८ भाद्र ।
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपालको २५ औँ साधारण सभा तथा १४ औँ अधिवेशन शनिवार सम्पन्न भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर ११ सिड्सको कार्यालय बालुवाँफाटमा सम्पन्न भएको अधिवेशनबाट माधव खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । नव निर्वाचित समितिको उपाध्यक्षमा सुयर विक्रम राणा(पाल्पाली) सचिवमा विष्णु प्रसाद पौड्याल,सह–सचिवमा रिता परियार, कोषाध्यक्षमा शुसिला सुवेदी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा भीमसेन लामा,कर्मवीर लामा,तारानाथ लुईटेल र गोविन्द सुवेदी चिर्वाचित हुनुभएको छ । ११ सदस्यीय समितिमा बाँकि २ जना भने पछि थपिने सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्: