भाद्र १० गते, २०८३ - १२ः३६
Follow us:

नीलकण्ठको भुलभुलेमा बोलेरो जिप दुर्घटना हुँदा १० जना घाईते(विवतरण सहित)


धादिङ १७ भाद्र ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुलेमा बोलेरो जिप दुर्घटना हुदा १० जना घाईते भएका छन्। धादिङबेशीबाट पाल्ते जाँदै गरेको ग १ ज ६०६१ नम्बरकोे बोलेरो जिप अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटनामा परेको हो ।। घाईते हुनेहरुमा निलकण्ठ न.पा. १ देउराली बस्ने अं बर्ष २९ की कल्पना भुजेल, पात्ले बस्ने लक्ष्मि घले, हिलखर्क बस्ने बर्ष ६३ की फुलमाया गुरुङ,खाल्टे बस्ने बर्ष २१ की साबित्री गुरुङ, हिलखर्क बस्ने बर्ष ४८ को सन्त बहादुर गुरुङ, चितवन जिल्लाको ईच्छामनकामना गाउँपालिका बस्ने बर्ष ४० की दिलमाया थापा मगर रहेका छन् । घाईते मध्ये निलकण्ठ न.पा. १ बस्ने बर्ष ६५ की नाममाया गुरुङ ,पतेनी बस्ने बर्ष ३९ को ईश्वर दाहाल हिलखर्क बस्ने बर्ष ६४ को पुर्ण बहादुर गुरु ङ ,पात्ले बस्ने अं बर्ष ४० की लिला कुमारी गुरुङलाई काठमाण्डौ रिफर गरीएको छ । बोलेरो चालक पात्ले बस्ने वर्ष ४१ को भिम बहादुर गुरुङ प्रहरी नियनन्त्रणमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्: