जेष्ठ ५ गते, २०८३ - २२ः१४
Follow us:

नक्कली ऋणी बनाएर १८ करोड हिनामिना

काठमाण्डौ ५ भाद्र ।

दाङमा एक बैंकका म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । देवः विकास बैंकका म्यानेजर घोराही–१५ भरतपुरका समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध रकम हिनामिना गरेको भन्दै बैंकका सञ्चालकहरुले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका म्यानेजर बुढाथोकीले नक्कली ऋणी बनाएर रकम हिनामिना गरेको आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बैंकमा नक्कली ऋणी खडा गरी हिनामिना गरेको पाइएको बताए ।अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया लेख्नुहोस्: