जेष्ठ ५ गते, २०८३ - २२ः१५
Follow us:

अकुत सम्पत्तिः १४० जनामाथि अनुसन्धान हुँदै

काठमाण्डौं ४ भाद्र ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । 

उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुनेछन् भने । 

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मंगलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उनले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिए । गोरखापत्र दैनिकबाट

प्रतिकृया लेख्नुहोस्: