जेष्ठ ५ गते, २०८३ - २१ः३७
Follow us:

सिद्धलेकमा श्रीमती र छोरालाई ज्यूँदै जलाएर मार्ने प्रयास


धादिङ ३ भाद्र ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ धारापानीमा श्रीमती र दुई बर्षिय छोरालाई मार्ने प्रयास गर्ने गणेश लम्सालाई प्रहरीले प्रक्राउ गरेको छ । गणेश लम्सालले २४ बर्षिय श्रीमती बिमला दराई लम्साल र नाबालक छोरा जेनिस लम्साललाई तारपिन तेल खन्याएर मार्ने प्रयास गरेका थिए । मंगलबार राती घरमा घेराबन्दी गरी तारपिन तेल खन्याएर आगो लगाएई दिएका थिए । रक्सी सेवन गरेर आएका गणेशले झगडा गरी श्रीमती र नावालक छोरालाई मार्ने नियतले आगो लगाएका थिए । आफूले बच्चा बोकेर प्रतिकार गर्न नसकेपछि झ्याल खोलेर भाग्दा बाँच्न सफल भएको घाइते विमलाले जानाकरी दिनुभयो । छिमेकीले उद्धार गरि बिमला र छोरा जेनिसलाई उपचारको लागि जिल्ला अस्पताल ल्याएका थिए ।

विमलाको घाँटी, अनुहार, देब्रे हात, खुट्टा र छाती पोलेको छ भने बालकको पेट, ढाड, देब्रे हात र खुट्टामा पोलेको छ । सानो जातको भनेर बिमलाई श्रीमान गणेश लम्सालले यातना दिदै आएका थिए ।केहिदिन अघि बिमलाले श्रीमानले हिंसा गरेको भनेर महिला समुहमा निवेदन दिनुभएको थियो । दुवै पक्षलाई राखेर छलफल गराई अब श्रीमतीलाई यातना नदिने सहमति भएको थियो । घाईते बिमला र जेनिसको काठमाण्डौमा उपचार भईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: