भाद्र २९ गते, २०८३ - ११ः००
Follow us:

रवि लामिछानेको समर्थन गरेकै कारण पत्रकार गजुरेललाई धम्की

नुवाकोट २ भाद्र ।

रवि लामिछानेको समर्थनमा रहेका नुवाकोटका पत्रकार रामहरी गजुरेललाई धम्की आएको छ । न्युज २४ टेलिभिजनमा कार्यरत नुवाकोटका टिभी जर्नालिस्ट गजुरेललाई केहि दिनदेखि केही आपराधिक व्यक्ति तथा समुहले चरित्र हत्या गरिदिनेदेखि ज्यान लिनेसम्मको धम्की दिइरहेकाे खुलेकाे हो ।

पत्रकार रवि लामिछानेलाई फसाउन चाहने र उनका विरोधीहरुले नेपाल पत्रकार महासंघ ३ नं. प्रदेश सदस्य तथा प्रेस सेन्टर नेपाल नुवाकोटका अध्यक्ष समेत रहेका गजुरेललाई भिडियो बाहिरिएको दिन साउन २९ गतेदेखि अहिलेसम्म यस्तो धम्की दिइरहेका हुन् ।

त्यस समुहका व्यक्तिहरुले गजुरेललाई सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेर आत्महत्यासम्म गर्न बाध्य बनाइदिने, त्यति गर्दा पनि नभए परिवारका सदस्य तथा उनका बच्चालाई अपहरण गरिदिने र त्यो पनि सम्भव नभए पत्रकार गजुरेलको हत्या गरिदिने बारम्बार धम्की दिइरहेका छन् । फोन, म्यासेज र नक्कली फेसबुकबाट धम्की दिइरहेका उनीहरुले पत्रकार रवि लामिछानेको समर्थन नगर्नसमेत चेतावनी दिइरहेका छन् ।

पत्रकार लामिछानेको पक्षमा रहेको र न्युज २४ का टिभी जर्नालिस्ट भएकै कारण यसबाट आफुलाई पेशागत चुनौती, असुरक्षा बढेको र मानसिक रुपमा दिइएको दबावले बिक्षिप्त बन्नुपरेको गजुरेलले गुनासो गरेका छन् । पत्रकार लामिछानेलाई जसरी पनि फसाउनुपर्ने र उनको पक्षमा बोलेमा र समर्थन गरेमा यस्तो हालत बनाइदिने बारम्बारको ब्ल्याकमेलिङ तथा धम्कीपछि कानुनी उपचारको खोजीमा जान आफु बाध्य हुनुपर्ने अवस्था आएकाे उनले बताएका छन् । तर यसप्रकारको धम्की र त्रासबाट आफू कतिपनि विचलित नभई सशक्त पत्रकारितामार्फत् यसखाले अपराध, षड्यन्त्र र गुण्डागर्दीविरुद्ध निडरताका साथ सत्यतथ्य उजागर गर्नमा निरन्तर लागिरहने पत्रकार गजुरेलले अठोट लिएका छन् ।साभार ः नुवाकोट एक्सप्रेस अनलाईबाट

प्रतिकृया लेख्नुहोस्: