धादिङ १ भदौँ । पसल चोरी गर्ने समुहलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको आगन्चोक र किन्ताङफेदमा पसलको सामान चोरी गर्ने समुहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेत्रावती डबजोङ गा.पा.वडा नं.१ का २२ वर्षीय केवल थापा मगर, वर्ष १८ को मिलन राना मगर, वर्ष १८ को मनिष थापा मगर र बर्दिया जिल्ला घर भई हाल नेत्रावती डबजोङ गा.पा.वडा नं.१ बस्ने वर्ष २२ का राजकुमार चौधरी रहेका छन् ।
साउन २२ गते किन्ताङफेदीमा रहेको कस्मेटिक पसलबाट नगद १० हजार , रिचार्ज कार्ड, क्याप टोपी, रुमाल , टिसर्ट लगायतका सामानहरु चोरी भएको थियो । सामान चोरी भएको भन्ने प्रहरीमा खबर गरे पश्चात खोतजलास गर्ने क्रममा साउन २९ गते पक्राउ गरीएको हो । उनीहरुलाई चोरी मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।