फाल्गुन २२ गते, २०८२ - ११ः५९
Follow us:

एड्भान्स एकेडेमीले विद्यार्थीबीच राखी बाँधी क्वाटी खुवाएर जनैपुर्णिमा पर्व मनायो


धादिङ ३० साउन ।
जनैपुर्णिमाको अवसरमा एड्भान्स एकेडेमीले विद्यार्थीबच क्वाटी खुवाई राखी बाधेर पर्व मनाएको छ । नेपाली सांस्कृतिक परम्पराको विषयमा बुझाउन र क्वाटीको महत्वको बारेमा जानकारी गराउने उदेश्यले प्ले गु्रप देखि कक्षा यू.के.जी. सम्मका ३ सय विद्यार्थीहरुलाई जनैपुर्णिमाको विषयमा जानकारी गराईएको एसोसियट प्रिन्सिपल भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
बालबालिकाहरुलाई नेपाली मौलिकता र संस्कृतीको विषयमा जानाकारी गराउने उदेश्यले एड्भान्स एकेडेमीले विद्यालयलमा विविध कार्यक्रम सन्चालन गर्दै आईरहेको छ । किताबी ज्ञान सँगै अतिरिक्त क्रियाकलापहरुमा र दैनीक जिवनमा आईपर्ने समस्या समाधन गर्न सहजहोस बनेर व्यावहारीक शिक्षा सँगै पर्वहरुको बारेमा पनि जानकारी गराउन थालिएको हो । बिहिबार जनै लगाउने क्षेत्रीब्राह्मणहरु नुवाइ धुवाइ गरेर पुजा पाठ गरिसकेपछि जनै फेर्ने परम्परा रहेको छ । नौ वटा अन्नको गेडागुडीलाई एकै ठाउँमा मिसाएर भिजाएर टुसा उमारेर बनाईको परिकार क्वाटी खाइन्छ । क्वाटी खादा स्वास्थ र तन्दुरुत भइन्छ भनी जनविश्वास रहेको छ । वर्खामासको चिसोबाट शरीरलाई जोगाउनका निम्ति पनि जनैपूर्णिमाको दिन क्वाटी खाने प्रचलन रहेको छ । एड्भान्स एकेडेमीले रक्षाबन्धन र क्वाटीका विशेषता बुझाउनलाई प्ले गु्रप देखि कक्षा यू.के.जी. सम्मका करिब ३०० विद्यार्थीहरुलाई राखी लगाएर क्वाटी खुवाएर यसको महत्वको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको छ ।

प्रतिकृया लेख्नुहोस्: