जेष्ठ ५ गते, २०८३ - २२ः२६
Follow us:

एड्भान्स एकेडेमी धादिङको नमुना काम,विद्यार्थीहरुलाई व्यावहारीक सिप सिकाउदै


धादिङ २८ साउन ।
धादिङवेसीमा रहेको नीजि विद्यालय एड्भान्स एकेडेमीले विद्यार्थीहरुलाई व्यावहारी सिप सिकाउन थालेको छ ।सामाजिक विभागको आयोजनामा विद्यार्थीहरुलाई दैनिक जीवनमा आईपर्ने सिपहरुको बारेमा हरेक हप्ताको मंगलबार नयाँ ज्ञान,सीपको बारेमा अवलोकन तथा अभ्यास गराउन लागिएको प्रिन्सिपल गोविन्द बुढाथोकीले बताउनुभयो ।
विद्यार्थीहरुमा किताबी ज्ञानले भन्दा पनि व्यावहारीक ज्ञान महत्वपुर्ण भएको भन्दै यस्तो कार्य सन्चालन गर्न लागिएको बुढाथोकीले बताउनुभयो । कक्षा १ देखी १० सम्मका विद्यार्थीहरुलाई कुनै न कुनै व्यावहारीक ज्ञान सिकाईने छ ।

मगबार कक्षा ७ देखी १० सम्मका विद्यार्थीहरु आफ्नो रुचि अनुरुप परम्परागत रुपम प्रचलती बाबियोको डोरि बाट्ने, दुना टपरी गास्ने र बत्ती काट्न सिकाईएको छ । यसैगरी कक्षा ६ का विद्यार्थीहरुको लागि माछा पालन, बगुर लगायत चौपाया पालन,टर्की ,बट्टाई लगायत कुखुरा पालन को अवलोकन गरीएको छ । कक्षा ५ का विद्यार्थीहरुलाई जिल्ला प्रशाशन कार्यलय, प्रहरी कार्यालय, समन्वय समिती, नगरपालिकाको कार्यलय लगायत सरकारी कार्यलय , रेड्क्रस कार्यलय , सिन्किल चर्चको भ्रमण गराईएको छ ।

कक्षा ४ निलकन्ठ १२ मा गइ ढिकी झातोको परम्परागत प्रयोगको बारेमा जानकारी लिएका छन् ।कक्षा ३ का विद्यार्थीहरुलाई मनकामना मन्दिर र कृष्ण मन्दिर अवलोकन गर्दै धार्मिक महत्वका बारेमा जानकारी लिएका एसोसिएट प्रिन्सिपल भिम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्: