आश्विन ६ गते, २०८३ - २१ः४१
Follow us:

मैदीको अमराईमा बोलेरो जीप दुर्घटना हुँदा १४ जना घाईते, ४ जनालाई थप उपचारको लागि काठमाण्डौँ लगियो


धादिङ २८ साउन ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ अमराईमा बोलेरो जिप र्दुघटना हुँदा १४ जना घाईते भएका छन् । बा १३ च ५२३० नम्बरको बोलेरो गाडी उकालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो । घाईते हुनेहरुमा ज्वालामुखी गा.पा.२ बतासे बस्ने बर्ष २८ की लक्ष्मी श्रेष्ठ, ज्वालामुखी गा.पा.३ समीभञ्ज्याङ बस्ने बर्ष कि प्रतिभा बिश्वकर्मा, ज्वालामुखी गा.पा.३ उखु बारी बस्ने बर्ष ४२ की बाल कुमारी बि.क.,ज्वालामुखी गा.पा.१ बस्ने बर्ष ४० को बिर बहादुर मगराती, ज्वालामुखी गा.पा.१ बस्ने बर्ष ३५ की बल माया रानामगर, ज्वालामुखी गा.पा.३ बस्ने बर्ष २१ को मिलन परियार, ज्वालामुखी गा.पा.३ हटिया बस्ने बर्ष २६ को रिजन श्रेष्ठ,ज्वालामुखी गा.पा.३ मैदीकोट बस्ने बर्ष १८ की सन्ध्या परियार, ज्वालामुखी गा.पा.२ बस्ने बर्ष ४५ को पौष प्रसाद तिवारी,ज्वालामुखी गा.पा.३ बस्ने बर्ष २ कि मञ्जु श्रेष्ठ,ज्वालामुखी गा.पा.३ बस्ने बर्ष ३० को बिष्णु नेपाली,ज्वालामुखी गा.पा.१ बस्ने बर्ष ५७ को लोक बहादुर सामरी, ज्वालामुखी गा.पा.३ बस्ने बर्ष २४ की कोपिला श्रेष्ठ,ज्वालामुखी गा.पा.२ बस्ने बर्ष ३५ को गोपाल नेपाली रहेका छन् । घाईते मध्ये लोक बहादुर सामरी,बलमायाँ रानामगर,बीर बहादुर मगराती,लक्ष्मी श्रेष्ठलाई थप उपचारको लागी काठमाण्डौमा लगिएको छ । उकालोमा ब्रेक फेल भएर जीप दुर्घटनामा परेको हो ।

प्रतिकृया लेख्नुहोस्: