जेष्ठ ५ गते, २०८३ - २१ः४४
Follow us:

नेकपाका बौद्धिक नेताहरु समाजवादीमा

काठमाण्डौ २८ साउन ।

नेकपा जाजरकोटका नेता भोजबहादुर भण्डारी र बौद्धिक समूह नेपालका केन्द्रीय उपाध्यक्ष बेलबहादुर राना डा.बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीमा आवद्ध भएका हुन् ।

आइतबार समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा अध्यक्ष भट्टराईले नेताद्वयलाई समाजवादी पार्टीमा स्वागत गरे । दाङ तुलसीपुरका राना हाल काठमाडौंमा प्राध्यापन गरिरहेका छन् ।

डा. भट्टराईले पछिल्लो समय समाजवादी पार्टीमा प्रवेशको लहर सुरु भएको भन्दै संघीयता, सुशासन, समृद्धि र समाजवादको महाअभियानमा लामवद्ध हुन आह्वान गरे ।

उनले विश्वभर पुराना पार्टीहरूको अवसान र नयाँको जन्म तीव्र रूपमा भैरहेको उदाहरणहरु पेश गर्दै नेपाल पनि त्यसको अपवाद हुन नसक्ने बताए । ‘यतिबेला विश्वभर, छरछिमेक र हाम्रै देशमा डरलाग्दो ढंगले मौलाउँदै गएको एकल जातीय/नस्लीय/धार्मिक अहंकारवाद झण्डै सय बर्ष पहिलेको विध्वंसकारी फासिवाद/नाजिवादको नयाँ संस्करण मात्र भएको बुझ्न अब सबै प्रगतिशील शक्तिहरूले पटक्कै ढिलो गर्नुहुन्न,’ उनले भने, ‘अन्यथा हाम्रो नियति त्यस्तै दुखान्तमय हुनेछ ।’

प्रतिकृया लेख्नुहोस्: