त्रिशूली दुर्घटनाः मृत्यु हुनेको संख्या आठ पुग्यो, २० भन्दा बढी यात्रु अझै वेपत्ता
श्रावण २५ गते, २०७६ - १६ः१९ मा प्रकाशित
धादिङ २५ साउन । धादिङको बेनिघाट गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट बस त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दनुभयो । मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास र २५ वर्षीय विजय कुर्मीको मात्र सनाखत भएको छ । पृथ्वी यायायात समितिमा आबद्ध कृष्ण यातायातको बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो । केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए ।
दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौँमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए । दुर्घटनामा २० भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी कार्य भईरहेको छ ।