सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ ।
विहीबार
बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका
प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बा“स्कोटाले सो जानकारी
दिएका हुन् ।
बैठकले अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील
महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको
नागरिकता खारेज गरेको हो। यस्तै बैठकले खुल्ला विश्वविद्यालयलाई शिक्षक तथा
विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ।
आर्थिक वर्ष २०७६/७७ का लागि कर्मचारी तथा शिक्षकको नयँ“ तलबमान तोक्ने र प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५÷७६ को तलबमान निर्धाण गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । नेपाल समाचार पत्रबाट