जेष्ठ १७ गते, २०८३ - ०६ः४६
Follow us:

गैरआवासीय नेपाली संघ नागोयामा श्याम शितल

काठमाडौं, १४ साउन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान नागोयाको सातौं अधिवेशनबाट निवर्तमान सचिव श्याम शितल सर्वसम्मत संयोजक पदमा चयन भएका छन् ।

शितलको संयोजकत्वमा १२ सदस्यीय कार्यसमिति चयन भएको छ। जसमा उप-संयोजकमा राम थापा र महिला उप-संयोजक सिता कोइरालालाई रहेका छन् । सचिवमा योमन देवान, सह-सचिवमा रामकुमार थापा, कोषाध्यक्षमा गंगा घर्ति मगर र सह-कोषाध्यक्षमा यम बहादुर पाइजा रहेका छन् ।

निर्वाचित सदस्यहरुमा रामकृष्ण अधिकारी, गोविन्द प्रसाद कँडेल, दामोदर सापकोटा र मनोज बम मल्ल चयन भएका छन् । रिक्त ७ सदस्य पछि मनोनित गर्ने गरी कार्यसमिति चयन भएको संयोजक शितलले जानकारी दिए ।

अधिवेशनमा एनआरएनए एसिया प्यासिफिक उप-संयोजक पारसमणी पोख्रेल, एसिया प्यासिफिक निवर्तमान उप-संयोजक गोविन्द श्रेष्ठ, आईसिसि सदस्य दिनेश गुरुङ, केशर गिरी, डिलाराम खरेल लगायत एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

यसैगरी एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी, उपाध्यक्ष शिव प्रसाद पौडेल, महासचिव बुद्धिराज घिमिरे, महिला संयोजक सविता श्रेष्ठ, सल्लाहकार सरोज कँडेल, बाबुराम भण्डारी, एनआरएनए जापान युवा संयोजक उम्मेद्वार नविन निउरे लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

एनआरएनए जापान नागोयाको सातौ अधिवेशन निवर्तमान संयोजक दिपक कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिकृया लेख्नुहोस्: