भाद्र २ गते, २०८३ - १४ः२८
Follow us:

धादिङबेसी बजार क्षेत्रमा मोबाइल चोरी गर्ने समुह समातिए


धादिङ,९ साउन
धादिङमा मोबाईल चोरी गर्ने समुहका तिन जनलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निलकण्ठ न.पा. वडा नं. ४ का २० वर्षीय सुजन ठकुरी, १८ बर्षीय किशान श्रेष्ठ र सोहि ठाँउका २० वर्ष निशान सुन्दास रहेका छन् । गत असार ९ गते धादिङको निलकण्ठ न.पा. वडा नं. ३ मुलचोकको चोक नारायण श्रेष्ठले आफ्नो कोठाबाट क्बmकगलन व्ठ र नगद समेत चोरी भएको भनि जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिए पश्चात खोजतलास गर्ने क्रममा मंगलबार पक्राउ परेका हुन ।
उनिहरुलाई चोरी गरेको सुचनाको आधारमा खोजतलास गर्ने क्रममा मंगलबार निल्कण्ठ न.पा. वडा नं. ३ एमाले चोक स्थित निशान सुन्दासको कोठा खानतलासी गर्दा कोठामा चोरी गरी ल्याएको सामानहरु समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयबाट चोरी मुद्दामा अनुसन्धान भईरहेको खड्काले जानकारी दिनुभयो । उनीहरुको साथबाट धारिलो हतियार सहित चोरी गरेको मोबाईल लगायतको सामाग्री पनि बरामद गरीएको छ ।

प्रतिकृया लेख्नुहोस्: