धादिङ ७ साउन गाईको मासु काट्दै गरेको अवस्थामा ससाहबाट प्रहरीले तिन जनालाई प्रक्राउ गरेको छ । नीलकण्ठ नगरपालिका ९ ससाह मेवाबारीबाट शुक्रबार राती ४ः३० बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटीएको प्रहरी टोलीले गाईको मासु बिक्री वितरण गर्ने ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खनियाबास गा.पा.१ घर भई हाल नीलकण्ठ न.पा.९ बस्ने ५१ बर्षीय तार लामा तामाङ, सोहि ठाउँका ५० बर्षीय खर्पा तामाङ र ५६ वर्षीय लेक्ता तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता तथा सुचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई पशु पन्छी विरुद्धको कसुरमा मुद्दा दर्ता गरेर कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।