वालालम्पुर : मलेसियामा भएको मलेसियाविरुद्ध
टी–ट्वीन्ट सिरिज अन्गर्तगत पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ ।
पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसिलाई ७ विकेटले
पराजित गरेको हो।
मलेसियाको किनरारा मैदानमा जारी खेलमा मलेसियाले टस जितेर ब्याटिङ
रोजेको थियो। पहिले ब्याटिङ गरी मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन
बनाएको थियो । १२९ रनको लक्ष्य नेपालले १८.२ ओभरमा विकेट ७ गुमाएर पूरा
ग¥यो । नेपालको जितका लागि कप्तान पारस खड्काले एकल प्रदर्शन गरे । ५० बलमा
८६ रन बनाएका उनले ८ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी सरद भेषवाकरले
१६ रनको योगदान गरे । प्रदीप ऐरीले ८ ज्ञानेन्द्र मल्ले ७ रोहितकुमार
पौडेलले ५ रन जोडे ।
मलेसियाका लागि मोहमद अनवारले नेपालको २ विकेट लिए । फित्री सामले १ विकेट लिए । ब्याटिङतर्फ उत्कृष्ट सुरुवात गरेको मलेसियाले पछि निरन्तर विकेट
गुमाउँदा मध्यम स्कोर मात्रै बनाउन सक्यो । नेपालका लागि करण केसीले
मलेसियाको ३ विकेट लिए । सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ विकेट लिए ।
सोमपाल कामीले १ विकेट लिए । करणले अन्तिम ओभरमा ३ विकेट लिन सफल भए।
मलेसियाका लागि बिरानदीप सिंहले सर्वाधिक ५७ रन बनाए । अहमद फैजले ४५ रन
र फित्री सामले १२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
नेपालले यही जुलाई २० देखि सिंगापुरमा हुने एसिया टी ट्वान्टी विश्वकप
छनोट खेल्दैछ । सोही प्रतियोगिता अगाडी अभ्यासका लागि नेपालले मलेसियासँग
दुई २ टी–ट्वीन्ट प्रतियोगिता खेल्न लागेको हो । अर्को खेल नेपालले सोही मैदानमा आइतबार खेल्दैछ । यस प्रतियोगिता खेलेर
नेपाल उतैबाट एसिया टी ट्वान्टी विश्वकप छनोट खेल्न सिंगापुर जानेछ ।