जेष्ठ १२ गते, २०८३ - ११ः५०
Follow us:

त्रिशुलीमा ट्रक खस्यो, सहचालक वेपत्ता

काठमाडौँ २८ असार ।

चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।ट्रक त्रिशुली नदिमा खस्दा सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् ।
गए राति १ः३० बजेको समयमा भैरहवाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन् ।

प्रतिकृया लेख्नुहोस्: