प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली हास्यास्पद पात्रको रुपमा चिनिएको आरोप लगाएका छन् ।
रिपोर्टर्स
क्लब नेपालद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रमा केन्द्रीय सदस्य
धनराज गुरुङले प्रधानमन्त्री ओलीले देशलाई सही बाटोमा अघि बढान नसकेको आरोप
लगाएका हुन् ।
‘प्रधानमन्त्री आलीजी
हास्यास्पद पात्र बन्नुभयो । उहाँ बिहान उठ्दा देशभक्तिको कुरा गर्नुहुन्छ ।
अनि बेलुका भयो कि दिल्लीभक्त बन्नुहुन्छ,’ उनले भने ,‘अहिलेकै ताजा
विषयको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्रीले बिहान भारतबाट आयात गरिने
तरकारी तथा फलफूलजन्य वस्तुमा विषदी भेटिएकाले रोक्ने निर्णय गरियो
भन्नुभयो, बेलुका हुने आयात गर्न दिने भनेर निणय गराउनुभएछ । उहाँलाई
कतिबेला के मुड चल्छ ? थाहै हुँदैन ।’
गुरुङले आइफा अवार्ड नेपालमा आयोजना गर्ने सवालमा पनि सरकारले क्षणमै राष्ट्रवादी र क्षणमै दिल्लीवादी चरित्र देखाएको पनि आरोप लगाए । नागरिक दैनीकबाट