काउले डाडामा सवारी दुर्घटना, एकको मृत्यु, तीन घाइते
आषाढ़ १९ गते, २०७६ - २३ः०५ मा प्रकाशित
धादिङ, १९ असार । धादिङको ज्वालामुखी गाउँ पालिका वडा नं. ६ काउँले डाडामा बिहीबार दिउँसो सवारी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा ज्वालामुखी-६ का वर्ष ३६ का कृष्ण बहादुर रम्तेल रहेका छन् । जिल्ला प्रहरी कार्यालयका धादिङका अनुसार धादिङबेसीबाट सिमेन्ट लिएर काउँलेडाँडातर्फ जाँदै गरेको बा२ख ९७५० नम्बरको ट्रक उकालो चढ्ने बेलामा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा सोही वडाका वर्ष २२ की बिनु सुनार, उनकी छोरी दुई वर्षीया कपिज सुनार र चालक २५ वर्षीय २५ का दिवाकर ढकाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काका अनुसार घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।