धार्केमा ब्रेटर ब्रिक नेपाल परियोजनाको सामाजिक लेखापरिक्षण सम्पन्न
आषाढ़ १३ गते, २०७६ - ०३ः२१ मा प्रकाशित
धादिङ १२ असार ।
धादिङको धार्केमा प्रयास नेपालद्धारा धुनिबेसि नपा र थाक्रे गाउँपालिकामा सश्चालित ब्रेटर ब्रिक नेपाल परियोजनाको सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ । सामाजिक लेखापरिक्षण समुदाय प्रति उत्तरदायी,पारदर्शी तुल्याउँदै उनीहरूको चासोप्रति सम्वेदनशील र जवाफदेहीता र उत्तरदायित्व बोध गर्दै स्थानीय तहमा क्रियासिल सामाजिक संस्था प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले आज विहिबार थाक्रे गाउँपालिका वडा नं ८ को हाईवेईन होटदको हलमा सामाजिक लेखापरिक्षण सम्पन्न गरेको छ ।कार्यक्रममा संस्थाको नीति, कार्यक्रम कार्यान्वयन,व्यवहार, कार्यान्वयन प्रकृया, पारदर्शिता र प्रभावकारीताबारे सम्बन्धित सेवाग्राही,सेवाप्रदायक तथा सो क्षेत्रका सरोकारवालाहरुको सुझाव लिन र कामको जवाफदेहीता तथा उत्तरदायित्व बहनका लागि सामाजिक लेखापरिक्षण गर्ने गरिएको प्रयास नेपालका परियोजना संयोजक सुनिता कडेलले बताउनु भयो ।
कडेलका अनुसार प्रयास नेपालले जिल्लाका ५ वटा ईट्टा उद्योगमा बालश्रम मान्य छैन,बाध्य कारी तथा ईच्छा बिपरित श्रम मान्य छैन,ज्याला तथा कार्य घण्टा,अमानवीय व्यवहार मान्य छैन गरि मुख्य ५ वटा थिममा रहृेर ३ वटा माध्यमिक,३ वटा अधारभुत बिद्यालय काम गर्दै आएको छ । बिद्यालयहरुमा खेलकुद सामाग्री,बुक कर्नर,साउण्ड सिस्टम ,शैक्षिक सामाग्री र अभिभावक अभिमुखिकरण जस्ता कार्य गर्दै आएको छ । यसै गरि ९ सय ५० जना कामदार,४ वटा बाल बिकास कक्षा मार्फत मजदुरका बालबालिकालाई दैनिक खाजा सहित सिकाई बाताबरण सिजनमा र ५ बर्ष माथिका १ सय ६० बालबालिकाहरुलाई अध्ययन सहजताको लागि शैक्षिक सामाग्री सहयोग गर्दै आएको पनि संयोजक सुनिता कडेलले बताउनु भयो । सामाजिक लेखापरिक्षण संस्थाको सरोकारवाला तथा लाभान्वित समुदाय प्रतिको जवाफदेहितालाई प्रमाणित गर्न, वृहत स्तरमा पारदर्शिता कायम गर्न,लाभान्वित ईटा उद्योगमा काम गर्ने कामदार , उद्योग व्याबसायी र विद्यालयका प्रधानध्यापक सामाजिक लेखा परिक्षणमा सहभागी रहेका थिए।
प्रयास नेपाल धादिङका संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाको अध्यक्षता तथा थाक्रे गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केशव व्याकुरेलको प्रमुख आतिथ्यता धुनिबेशी वडा नम्बर ६का महिला वडा सदस्या लगायतको आतिथ्य रहेको कार्यक्रममा प्रयास नेपाल धादिङले धुनिबेशी नपा र थाक्रे गाउँ पालिकाका ईटा उद्योगमा आ ब ०७५,०७६ मा ब्रेकर ब्रिक नेपाल परियोजना कार्यक्रमको प्रगति तथा आर्थिक विवरण ब्रेटर ब्रिक नेपाल परियोजना संयोजक सुनिता कडेलले सहभागीलाई जानकारी गराउनु भएको थियोे । उद्योगमा काम गर्ने मजदुर प्रतिनिधी ,उद्योगीहरु माधव गजुरेल र पुष्पराज रेग्मी , विद्यालयका शिक्षकहरु लक्षित समुदायका व्यक्तिहरुको गरि ४२ जनाको सहभागीता रहेको थियो । कार्यक्रमलाई थप प्रभावकारी बनाउन संस्थालाई विभिन्न रचनात्मक सुझाव दिएका थिए । सामाजिक लेखापरीक्षण कार्यक्रमको सहजिकरण पत्रकार तथा रेडियो राजमार्गका प्रत्रकार शिवराज आचार्यले गर्नु भएको थियो । सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा प्रयास नेपाल धादिङका संस्थापक उपाध्यक्ष कपिलदेब सापकोटाले प्रष्ट पार्नु भएको सामाजिक परिचालक बिष्णु अधिकारीले जानकारी दिनु भयो ।