जेष्ठ ५ गते, २०८३ - २२ः३३
Follow us:

नेत्रावती डबजोङ गाउँपालिकाको नीति तथा कार्यक्रम(पुुर्ण पाठ)

नेत्रावती डबजोङ गाउँपालिकाको गाउँसभाका सभाध्यक्ष, गाउँसभाकासदस्य ज्यूहरु, अतिथि ज्यूहरु, सम्पुर्ण कर्मचारीहरु तथा उपस्थित सम्पुर्ण बुबा, आमा, दाजु भाई तथा दिदीवहिनीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।
स्थानीय सरकार सञ्चालन भएको दुई बर्ष पुरा भइसकेको यो समयमा हामी यहाँ आगामी आ.व. ०७६।७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछौ । यो दुई बर्षमा स्थानीय सरकार सञ्चालन गर्न सहयोग पु¥याउनुहुने सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, शिक्षकहरु, पत्रकारहरु र नागरिकहरुमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छौ । आगामी दिनमा पनि यस्तै सहयोग, सुझावको अपेक्षा गर्दछौ ।
यो एकबर्षको बिचमा भएको विकास निर्माणका कार्यहरु, सेवा प्रवाहका बारेमा यहाँहरुले मूल्यांकन गर्नुभएको छ । मलाई लाग्छ आम सर्वसाधारण जनताले परिवर्तनको महसुस गर्नुभएको छ । हामीर्ले सिंहदरवारको अधिकार गाउँगाउँमा’ भन्ने गरेको भनाईजस्तै स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने सेवा सर्वसाधारण समक्ष पुगेको छ । कर्मचारी अभावले अपेक्षाकृत सफलता हासिल गर्न नसकेको कुरालाई हामी स्वीकर्दछौ । आगामी दिनमा कमीकमजोरीलाई सच्याउँदै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।
उपस्थित सम्पुर्ण महानुभावहरु,
अव म यस नेत्रावती डबजोङ गाउँपालिकाको आगामी आ.व.०७६।७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१. निर्वाचित जनप्रतिनिधि आएको दुई बर्ष पूरा भईसकको अवस्थामा गाउँपालिकाको सेवालाई जनताको नजिक पु¥याउन आवश्यक कदम चालिनेछ । गाउँपालिकामा पुर्वाधार विकास निर्माणका कार्यहरुलाई जनमूखी, पारदर्शी, परिणाममूखी बनाईनेछ ।
२. पाँच बर्षभित्र नेत्रावती गाउँपालिकालाई पर्यटकीय हबको रुपमा विकास गर्ने नीतिलाई निरन्तरता दिदै धार्मिक ऐतिहासिक पर्यटकीय क्षेत्रको विकास गर्ने । यसको लागि आ.व. ०७५÷७६ मा वाकाराहा देखि डबजोङ वाईवा राजा दरवार क्षेत्र हुँदै ताङ्जोमाने सम्म एक सय आठ (१०८) चैत्य सहितको पदमार्ग निर्माण तथा सिङ्लाको डाँडामा पच्चिस फिट अग्लो बुद्ध मुर्ती निर्माण गर्न चालु आ.व.मा विस्तृत अध्ययन सकिसकेको छ । आगामी आ.व.मा संघीय सरकारसँग साझेदारी गरी निर्माण कार्य अगाडी बढाईनेछ । पर्यटन पबद्र्धन गर्न पर्यटन सम्मेलन गरी यस ठाउँको सम्भावनालाई प्रचारप्रसार गरिनेछ । यसले पर्यटकको संख्यामा बृद्धि हुनेछ । साथै भ्रमण बर्ष २०२० सफल पार्न सहयोग पुग्नेछ ।
३. नेत्रावती डबजोङ गाउँपालिका रिङरोड बनाउने योजना अनुसार विस्तृत अध्ययनको काम सकिसकेको छ । आगामी आ.व.०७६।७७ मा संघीय सरकार र प्रदेश सरकार सँग समपूरक अनुदान मार्फत रिङरोडको स्तरोन्नती गरिनेछ ।
४. गाउँपालिका क्षेत्रभित्र रहेको काठको पोललाई ग्याल्भानाईज्ड फलामे पोलले विस्थापित गरी काठको पोल मुक्त गाउँपालिका बनाईनेछ । आ.व. ०७६।७७ मा पनि यो योजनालाई निरन्तरता दिईनेछ ।
५. सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने गरी विद्यालयको अनुगमन मुल्याङ्कनलाई प्रभावकारी बनाईनेछ । विद्यालयको गुणस्तर बृद्धि गर्न प्र.अ. सँग कार्यसम्पादन सम्झौता गर्ने र कार्यसम्पादनमा कमजोर देखिएमा सम्झौता रद्द गरिनेछ । चालु आ.व. ०७६।७७ मा यस गाउँपालिकाको सबै मा.वि. मा विद्युतीय हाजिर जडान गरिसकेको छ । सोको प्रभावकारिताको अनुगमन मूल्यांकन गरिनेछ । विद्यार्थी संख्या कम भएको विद्यालयलाई नजिकको विद्यालयसँग मर्ज गर्नका लागि आवश्यक कार्य गरिनेछ । स्थानीय भाषा संरक्षण गर्न कम्तीमा दुई जना शिक्षकशिक्षिकालाई भाषा तालिम दिने नीति लिईएको छ । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर बुद्धि गर्न आगामी आ.व. ०७६।७७ मा गाउँपालिकाको वडागत रुपमा एक एक वटा नमुना विद्यालय छनौट गरी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयमा अध्ययनरत बालबालिकाको लागि विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ । साथै विषयगत शिक्षकहरुको क्षमता अभिबृद्धि गर्न उचित कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकास्तरीय आधारभूत तहको परिक्षालाई मर्यादित, वैज्ञानिक र पारदर्शी बनाईनेछ । नतिजाको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ ।
६. संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएको जनयुद्ध तथा विभिन्न जनआन्दोलनमा सहादत प्राप्त परिवारका व्यक्ति तथा घाईते र अपाङ्गहरुको क्षमता विकासको लागि आयमूलक तालिम कार्यक्रम सञ्चालन गरिनेछ । सहिदहरुको सम्झनामा सहिद पार्क तथा सहिद गेट निर्माण गरिनेछ ।
७. वडा नं. २ मा बालउद्यानको विस्तृत अध्ययन सकिसकेको अवस्थमा आगामी आ.व. ०७६।७७ मा बालउद्यानको लागि आवश्यक बजेट विनियोजन गरिनेछ । एक वडा एक खेलमैदान नीति अनुसार आ.व. ०७६।७७ मा वडा नं. ५ मा स्तरिय खेल मैदान निर्माण गरिनेछ ।
७. नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने मौलिक हकलाई सुनिश्चितता गर्न गाउँपालिका भित्र रहेको स्वास्थ्य संस्थाको क्षमता बृद्धि गरिनेछ । नेपाल सरकारको घरमा हुने सुत्केरीको संख्यालाई शुन्यमा झार्ने नीतिलाई कार्यान्वयन गर्न सबै स्वास्थ्य चौकी र स्वास्थ्य ईकाईमा चौविसै घण्टा सेवा दिने गरी अनमीको व्यवस्था गरिनेछ । । नेपाल सरकारले घोषणा गरेको निशुल्क उपलब्ध गराउन पर्ने औषधिको लागि आवश्यक व्यवस्था गरिनेछ तथा औषधी खरिद प्रक्रियामा हुने ढिलासुस्तीलाई अन्त्य गरी समयमै औषधी उपलब्ध गरिनेछ । आधारभूत स्वास्थ्य सेवा सम्बन्धि ज्ञान जनस्तरमा प्रवाह गर्न स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरिनेछ साथै प्रोत्साहन स्वरुप भत्ता व्यवस्था गरिनेछ । नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रमलाई अघि बढाईनेछ । घुम्ती स्वास्थ्य शिविर सञ्चालनको लागि आवश्यक बजेट व्यवस्था गरेको छु । नसर्ने रोगको न्यूनीकरण गर्ने र मानसिक स्वास्थ्य सेवालाई विस्तार गरिनेछ ।
 आ.व. ०७६।७७ देखि घरमा शुन्य सुत्केरी गाउँपालिका घोषणाको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
 सडक नाटक कार्यक्रम मार्फत महिला हिंसा, लागु पदार्थ दुव्र्यशनी, मानव वेचविखन, लैंगिक हिंसा, एच.आई.भि. एड्स, टिभि रोग नियन्त्रण, नसर्ने रोगको चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
 ल्याव सेवालाई व्यवस्थित गरी गाउँपालिका बासीहरुको प्रयोगशाला जाँच कार्यक्रमलाई अगाडि बढाईनेछ ।
 गर्भवती तथा सुत्केरी महिला र हजार दिनका बालबालिकाको लागि पोषण कार्यक्रम थालनी गरिनेछ ।
 पूर्ण सरसफाई कार्यक्रम अन्र्तगत एक घर एक धारा, एक घर एक शौचालय, एक घर एक सुधारिएको चुलो, एक घर एक रक्षानको कार्यक्रमलाई अगाडि बढाईनेछ ।
 आगामी तीन बर्षभित्र गाउँपालिकालाई पूर्ण सरसफाई गाउँपालिका घोषणा गरिनेछ । सोको लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिनेछ ।्
 तीन तीन महिनामा खानेपानीको जाँच गरी नागरिकको स्वच्छ पिउने पानीको अधिकारको सुनिश्चित गरिनेछ ।
 जटिल रोग लागेका विरामीहरुलाई दिदै आएको आर्थिक सहायता निरन्तरता दिईनेछ ।
८. गाउँपालिकामा फोहोरमैला व्यवस्थापनको लागि एक घर एक कम्पोष्ट खाल्डोको नीति लिईनेछ । टोल सुधार समितिलाई फोहोरमैला व्यवस्थापन तथा सरसफाई सम्बन्धि अभिमुखीकरण तालिम दिईनेछ । गाउँपालिकालाई प्लाष्टिक मुक्त क्षेत्र र खुल्ला दिशामुक्त क्षेत्र बनाईनेछ । । वातावरण संरक्षण वन जंगल, नदीनाला संरक्षण र संवद्र्धन गर्ने र खाली ठाउँमा बृक्षरोपण गरिनेछ । वन्यजन्तु तथा चराचुरुङगीको चोरी सिकारी नियन्त्रण गरिनेछ ।
९. सहकारी क्षेत्रमा भइरहेको विकृतिलाई अन्त्य गर्दै सहकारी क्षेत्रलाई रोजगारमुखी बनाइनेछ । एकै प्रकृतीका सहकारीहरु मर्ज गरी गाउँपालिकामा क्षेत्रगत एक सहकारी मात्र सञ्चालन गर्ने नीति लिईनेछ । गाउँपालिकाबाट हुने अनुदानको कार्यक्रममा सहकारी संस्थालाई आवद्ध गरिनेछ ।
१०. गाउँपालिकाको सम्पूर्ण कार्यालयहरुलाई विद्युतीय सूचना प्रविधिमैत्री बनाइनेछ ।
११. गाउँपालिकाबाट हुने सम्पूर्ण कार्यलाई पारदर्शी बनाई वित्तिय अनुशासन कायम गरिनेछ । प्रत्येक तीन महिनामा सार्वजनिक सुनुवाई मार्फत गाउँपालिकाले गरेका कामहरुको जानकारी दिइनेछ ।
१२. गाउँपालिका क्षेत्रभित्र निर्माण हुने सम्पूर्ण भवनको नक्सा पास अनिवार्य गरिएको छ ।
१३. ऐतिहासिक पुरातात्विक महत्वको मठ मन्दिर, गुम्बा, पार्टी पौवाको संरक्षण र संवद्र्धन गरिनेछ । बौद्ध शिक्षा शिविर सञ्चालन गरिनेछ । डबजोङ दरवार संरक्षणको लागि पुरातात्विक विभागसँग समन्वय गरी आवश्यक व्यवस्था गरिनेछ ।
१४. कृषि सडक विस्तार गरी कृषिजन्य वस्तुलाई बजार सम्म पुग्ने वातावरण निर्माण गरिनेछ ।
१५. गाउँपालिकामा बहुमुखि क्याम्पस सञ्चालन गर्न पुर्वाधार तयार गर्न आवश्यक व्यवस्था गरिनेछ ।
१६. गाउँपालिका भित्र खानेपानीको मुहान विवाद गर्न नपाईने तथा मुहान दर्ता गर्न नपर्ने नीति लिईएको छ । खानेपानीको अभावलाई मुक्त गर्न आवश्यक व्यवस्था गरिनेछ । खानेपानीको समस्या समाधान गर्न मिटर जडित एक घर एक धारा प्रणालीलाई अवलम्वन गरी खानेपानीको वितरणलाई सहज बनाईनेछ ।
१७. गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण उद्योग व्यवसायलाई दर्ता गराई करको दायरामा ल्याईनेछ । कालोबजारी, कार्टेलिङ र सिन्डिकेटको विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्वन गरिनेछ ।
१८. सामाजिक सुरक्षा भत्ता आ.व. ०७६।७७ मा बैंक मार्पmत वितरण गर्ने कार्य सुरुवात गरी सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली सहज बनाइनेछ ।
१९. योजना तर्जुमा, कार्यान्वयन तथा नीति निर्माणमा महिला, दलित, जनजाती, बालबालिका, अपाङ, अल्पसङ्ख्यकको अर्थपूर्ण सहभागिता गराउने नीति लिईनेछ । समावेशीकरणको लागि क्षमता विकास कार्यक्रम र पूर्वाधार विकासको लागि बजेट विनियोजन गरेको छु ।
२०. हरेक महिना श्रमदान गर्ने नीति लिइएको छ । गाउँपालिकाबाट विनियोजित योजनामा नगद लागत सहभागिता हुनुपर्ने नीति लिईनेछ । योजना सम्झौता गर्न आउँदा उपभोक्ताको तर्फबाट गरिने नगद लागत सहभागिता वापतको रकम गाउँपालिकाको सञ्चित कोष खाता उपभोक्ता समितिले नगद जम्मा गरेको भौचर पेश गर्नुपर्नेछ ।
२१. कर्मचारीको क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिनेछ । अनुगमन र मूल्यांकन को आधारमा दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ ।
२२. गुनासो व्यवस्थापनलाई चुस्त दुरुस्त बनाईनेछ । नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्न कम्तीमा महिनाको एकपटक जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिनेछ ।
२३. न्यायिक समितिको काम कारवाहीलाई जनमुखी बनाईनेछ ।
२४. गैह्रसरकारी संस्थाको आफुखुसी कार्यक्रम गर्ने पद्धतिलाई अन्त्य गरी आवश्यकतामा आधारित कार्यक्रमलाई गाउँसभाबाट स्वीकृत गरेर मात्र काम गर्न दिईनेछ । गैह्रसरकारी संस्थाको कामकारवाहीको अनुगमन गरी पारदर्शी बनाईनेछ ।
२५. सर्वसाधारण जनताको स्वास्थ्यमा गम्भीर असर गर्ने कमसल खालको मदिराजन्य पदार्थको विक्रि वितरणलाई निषेध गरिनेछ ।
२६. वालविवाह, घरेलु हिंसा, लैगिंक हिंसा तथा बालश्रमको न्यूनीकरण गर्न आवश्यक कार्यक्रम ल्याईनेछ ।
२७. कृषि तर्फ
 कृषि क्षेत्रमा दिईने अनुदानलाई पारदर्शी, अनुमानयोग्य बनाउन कृषक समूह गठन तथा दर्ता कार्यक्रम गरिनेछ ।
र् कृषकको घरघरमा कृषि प्राविधिक’ कार्यक्रमको लागि आवश्यक व्यवस्था गरिनेछ ।
 स्थानीय प्रजातीको फलफुललाई व्यवसायिक बनाउन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिनेछ ।
 कृषि क्षेत्रलाई व्यवसायीकरण, यान्त्रिकरण तथा विविधिकरण गरिनेछ ।
२८. पशु तर्फ
 पशु विमा कार्यक्रम, पशु सुत्केरी भत्ता कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
 पशु तथ्याङ्क अभिलेखीकरण गरिनेछ ।
 पशुपालन पकेट कार्यक्रमको लागि आवश्यक व्यवस्था गरिनेछ ।
धन्यवाद ।

प्रतिकृया लेख्नुहोस्: