चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् ।
दाङको
राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ
लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
प्रहरी
नायब निरीक्षक रत्नबहादुर खत्रीका अनुसार मौरीघाटका १२ वर्षीय साजन चौधरी,
१३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको मृत्यु भएको हो ।
चट्याङ
लागेर सोही गाउँका ८ वर्षीय अविनाश चौधरी घाइते भएका छन् । उनको लमही
अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार एकै गाउँका यी बालक मौरीघाट
माध्यमिक विद्यालय परिसरनजिकै रहेको जामुनको रुखमुनि जामुन खाँदै थिए ।
बेलुका साढे ६ बजेतिर एक्कासी चट्याङ लागेर चारैजना ढलेका थिए ।
उनीहरुमध्ये अविनाशको अवस्था मात्रै सामान्य थियो भने अन्य तीनजा अचेत
अवस्थामा थिए ।