आश्विन २४ गते, २०८१ - १४ः१९
Follow us:

सिद्धलेक गाउँपालिकामा डिप बोरिङ मार्फत जनताको घर घरमा धारो


धादिङ ९ असार ।
धादिङको सिद्धलेक गाउँपालिका भित्र ८ वटा स्थानमा डिप बोरिङ गरी पानी निकालिएको छ । गाउँपालिका भित्रका नागरिकहरुलाई शुद्ध खानेपानी खुवाउने उदेश्य साथ गाउँपालिकाले डिप बोरिङ मार्फत एक घर एक धारो पुर्याएको छ । सोमबार सिद्धलेकको अर्चलेमा पनि डिप बोरिङ मार्फत खानेपानी निकालिएको छ ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ अर्चलेमा सोमबार साँझ डिप बोरिङ गरेर पानी निकालिएको छ । सिद्धलेक गाउँपालिकाले तिर्खा मुक्त गाउँपालिका बनाउने अभियान अन्तरगत डिप बोरिङबाट खानेपानी वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो ।गाँउ पालिकामा निर्वाचित भएपछि अध्यक्ष प्रेमनाथ सिलवालले खानेपानीको कामलाई पहिलो प्राथमिकता दिनुभएको छ ।अर्चले डिप बोरिङबाट २ सय ५० घुरधुरीका नागरिकहरु लाभान्वित हुने भएका छन् । डिप बोरिङ गरिएको स्थान भन्दा माथि डाँडामा ६० हजार लिटरको ट्याङकी राखेर वितरण गर्ने लक्ष्य राखीएको अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिनुभयो । डिप बोरिङ र पाईप विस्तारको काम गाउँपालिकाले गर्र्ने भएको छ भने अन्य काम अक्फाम र फोकस नेपाल धादिङको सहकार्यमा सम्पन्न गरिने भएको छ ।

प्रतिकृया लेख्नुहोस्: