आश्विन ६ गते, २०८३ - १९ः४४
Follow us:

गल्छी दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ५ पुग्यो

धादिङ ६ असार ।
धादिङ गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप दुर्घटनामा हुँदा ४ जनाको घट्ना स्थलमै मृत्यु भएको छ । भने उपचारको क्रममा काठमाण्डौ लैजाने क्रममा अर्का एक जनको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १० जना घाईते भएका छन् । गल्छिको सिरुबानीबाट बैरैनी बजार आउदै गरेको बा १८ च९४०८ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा गल्छि गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षिय राजु रम्तेल,सोहि स्थानकै ३२ बर्षिय सेते मिजार,गल्छि गाउँपालिका वडा नम्बर ६ बस्ने ३० बर्षिय कान्छि भुजेल र गल्छि ६ कै ३५ बर्षिय नानु तामाङ रहनुभएको छ । यस्तै ठेगाना नखुलेको समिक्षा अधिकारीको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। घाईते १० जनालाई उपचारको लागि काठमाण्डौ लाने तयारी भईरहेको छ । बोलेरो जिप गाउँबाट तरकारी सहित यात्रु लिएर बैरेनी बजार तर्फ आउदै गरेको थियो । जिप सडकदेखी अन्दाजी २० मिटर तल खसेको हो ।

प्रतिकृया लेख्नुहोस्: