प्रयास नेपालले सञ्चालन गरेको परियोजनाको विषयमा च्याङ्लीमा सामाजिक लेखापरिक्षण
आषाढ़ ६ गते, २०७६ - ०४ः२१ मा प्रकाशित
धादिङ, ५ असार । प्रयास नेपाल धादिङको आयोजनामा गजुरी गाउँपालिका वडा नम्बर ५ च्याङ्लीमा सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रयास नेपाल धादिङका संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाको अध्यक्षता र वडा नम्बर ५ का वडा अध्यक्ष रामचन्द्र मिजारको प्रमुख आतिथ्यमा सम्पन्न भएको लेखापरिक्षण कार्यक्रममा परियोजनाबाट लाभान्वित भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।समुदायमा कार्यक्रमबाट पर्न गएको प्रभावलाई सम्पूर्ण रुपमा बुझ्न,सरोकारवालाहरुको पृष्ठपोषणबाट भएका सिकाईलाई परिस्कृत गर्दै संस्थाको भविष्यमा हुने कार्य सम्पादनमा सुधार ल्याउने प्रभावकारी कार्ययोजना बनाउन सहयोग पुग्ने अपेक्षा सहित प्रयास नेपाल धादिङले लेखापरिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा प्रयास नेपाल धादिङले गजुरी गाउँपालिका वडा नं ४ र ५ मा आ.ब. ०७५र०७६ मा यू.एम.एन, अक्सफाम, प्लानेट ईन्फान्ट तथा डेभलपमेन्टको साझेदारीमा बालकेन्द्रित सामुदायिक बिकास,पुर्णिामा र महिला तथा किशोरी हिशा बिरुद्धको कार्यक्रम मार्फत बिद्यालय भवन निर्माण, खानेपानी, जिविकोपार्जन, महिला र बाल अधिकार र शिक्षा बिषयगत क्षेत्र अन्र्तगत संचालित कार्यक्रमको प्रगति तथा आर्थिक विवरण कार्यक्रम संयोजकहरु भरत अधिकारी ,सुनिल केसी,बद्रीनाथ शर्मा प्रस्तुति भएको सामाजिक लेखापरिक्षण कार्यक्रम भएको हो।सामाजिक लेखापरिक्षण कार्यक्रमा बालक्लब, खानेपानी उपभोक्ता समिति,आत्मनिर्भर महिला समूह, वडास्तरीय महिला संजाल, सहकारी, बिद्यालयका शिक्षकहरु,बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधीहरु,स्थानीय संघ संस्थाहरु र लक्षित समुदायका व्यक्तिहरु गरी १ सय २३ जनाको उपस्थिति रहेको थियो । नीलकण्ठ एफएमका स्टेशन म्यानेजर तथा सञ्चारकर्मी रामकुमार थापाले सहजिकरण गर्नुभएको कार्यक्रममा उठेका सवालका बारेमा प्रयास नेपाल धादिङका कपिलदेव सापकोटाले प्रष्ट पार्नु भएको थियो ।