चैत्र १६ गते, २०८० - १४ः०८
Follow us:

शैक्षिक गुणस्तर बृद्धिको लागि एड्भान्समा अभिभावकसँग अन्तरक्रिया


धादिङ ३ असार ।
धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको शैक्षिक स्तरको विषयमा अभिभावहरुसँग छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको भाईस प्रीन्सिपल रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा कक्षा १ देखी ५ सम्म अध्ययन गर्ने बालबालिकाका अभिभावकहरुको सहभागिता रहेको थियो ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बद्री तिवारीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा शैक्षिक विषयबस्तु,अतिरिक्त क्रियाकलापको विषयमा छलफल हुनुका साथै अभिभावकहरुको सल्लाह सुझावहरुपनि लिईएको श्रेष्ठले बताउनुभयो ।

बालकालिकाहरुलाई विद्यालयका साथसाथै घरमा पनि राम्रो वातावरणको आवश्कयता रहने हुनाले त्यस्तो वातावरण बनाईदिनको लागि अभिभावकहरुलाई आग्रह गरीएको थियो । जिल्लामा छुट्टै पहिचान बनाउन सफल एड्भान्स एकेडेमीले विद्यालयमा विभिन्न रचनात्मक कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ ।कार्यक्रममा बोल्ने अभिभावकहरुले विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको बताउनु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्: