धादिङका कोहि पनि सक्रिय कार्यकर्ता नेकपामा प्रवेश गरेका छैनन्ः समाजवादी पार्टी
आषाढ़ ४ गते, २०७६ - ०२ः३८ मा प्रकाशित
धादिङ ३ असार । केहिदिन अघि नेपाल समाजवादी पार्टी नेपालका कार्यकर्ताहरु नेकपा प्रवेश गरेको भन्ने समाचार हल्लामात्र भएको नेपाल समाजवादी पार्टी नेपाल धादिङले जनाएको छ।युवा संगठनका संयोजक अन्य सदस्यहरु काठमाण्डौंमा एक कार्यक्रमका बीच नेकपा प्रवेश गरेको भन्ने समाचार प्रति समाजवादी पार्टीले ध्यानकषर्ण भएको जनाएको छ ।समाजवादी पार्टी नेपाल धादिङका संयोजक वीर बहादुर तामाङले मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै नेपाल समाजवादी पार्टी धादिङका कुनै पनि सक्रिय नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश नगरेको प्रष्ट पार्नुभएको छ । शक्तिको भरमा नेकपाले पार्टी प्रवेश गरेको प्रपञ्च सृजना गरेको भन्दै सम्पुर्ण समाजवादी पार्टी नेपालका नेता,कार्यकर्ता,समर्थक र शुभचिन्तकहरुमा हल्लाको पछाडी नलागि आफ्नो जिम्मेवारी वहन गर्नको लागि पनि आग्रह गरीएको छ ।सत्ता र शक्तिको दुरुपयोग गरी गरिव जनताको करबाट जम्मा भएको रकम सार्वजनिक लाभको पदमा बसेकाहरुले शक्ति आर्जन गर्ने नाउमा भिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई पैसाको प्रलोभनमा पारी रकमको दुरुपयोग गरेको कुरा विभिन्न सन्चार माध्यम लगायत जनताले गरेको गुनासो प्रति समाजवादी पार्टी नेपालले घोर भत्सार्ना भएको विज्ञप्तीमा भनिएको छ । साथै समाजवादी पार्टी नेपाल नै यो देशको हिमाल,पहाड, र तराई मधेशका आम जनताको भावनात्मक एकतामा जोड दिई राष्ट्रिय एकता कायम गर्ने,समावेशी र सम्मृद्धिको सपना साकार पार्न सक्ने पार्टी भएको र अभियानमा साथ दिनको लागि पनि विज्ञप्ती मार्फत आग्रह गरीएको छ ।