धादिङ असार ३ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ चाँपखोलामा सोमबार बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रयत्नशील सामुदायिक विकास समाज ९प्रयास० नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत आज ३३ जनालाई बाख्रा उपहार गरीएको हो । बागबच्छला स्वालम्बी महिला समुहले आज विभिन्न ३ ओटा समुहका ३३ जना सदस्यहरुलाई एक–एक ओटा बाख्रा वितरण गरेको हो । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरीएको थियो । बागबच्छला स्वालम्बी महिला समुहका अध्यक्ष भीम कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा
कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य रहेको थियो। हेफर ईन्टरनेशनल नेपालका बरिष्ट कार्यक्रम निर्देशक निना जोशी ,कार्यक्रम व्यवस्थापक प्रेम स्याबयु,कोरियाली बिदेशी पाहुनाहरु,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल,उपहार महिला सहकारी का सचिव सुनिता सिलवाल , संचारकर्मीहरु,सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरको समेत उल्लेख सहभागीता रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले महिला ससक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष सिलवालले गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपालले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।
सिद्धलेक गाउँपालिकामा कुनै पनी जग्गा बाझो राख्न नपाउने भन्दै उहाँले बाझो राखेर खेती नगरे कारबाही गर्ने समेत जानकारी दिनुभयो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो ।