कार्तिक २१ गते, २०८१ - ०१ः४६
Follow us:

सिद्धलेकका कृषकहरुलाई फलफुलको बिउ वितरण गरीयो


धादिङ १ असार
सिद्धलेकका किसानहरुलाई फलफुलको बिउ वितरण गरीएको छ ।सिद्धलेक गाउँपालिका ,हेफर ईन्टरनेशनल नेपाल र प्रयास नेपालको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रमको अन्तरगत महिला स्वबलम्बी समुहका सदस्यहरुलाई फलफुलको बिरुवा उपहार प्रदान गरिएको छ । महिला समुहका प्रत्येक सदस्यलाई २ वटा अम्रपाली आँप र २ वटा लिचिको बिरुवा उपहार प्रदान गरिएको प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।
सिद्धलेक गाउपालिकाको वडा नं ३,६,७ को २ र२ वटा र वडा नं १,२ र ५ का १र१ गरि ९ वटा समुहका सदस्यहरुलाई ५ सय आर र ५ सय लिचिका बिरुवा सहयोग गरिएको पनि संयोजक कोईरालाले बताउनु भयो । यस अगाडि नै ५० वटा समुहमा फलफुलका बिरुवा उपहार भैसकेको छ । कार्यक्रम अन्तरगत १२ वटा मुल समूह र ४७ वटा उपहार समूह गरि ५९ वटन समूह मार्फत सामाजिक पुजि बृद्रि तथा साना पशु बाख्रापालन गरि आयआर्जन बढाउने संचालनमा रहेको छ । समुहका सदस्यहरुलाई घरबगैचा तालिम पछि मागका आधारमा फलफुल बिरुवा सहयोग गरिएको हो ।
कार्यक्रम मार्फत महिला समूह,पारिवारिक सदस्य, बालक्लबकन सदस्यलाई आधारसिला तालिम , घाँस खेती प्रबद्र्धन करेसाबारी व्यवस्थापन , उन्नत जातको बोका, बाख्रा उपहार सहयोग ,सुधारिएको खोर निर्माण नश्ल सुधारपशुबस्तुलाई नाम्ले जुकाको औषधी खुवाउने , पिपिआरको भ्याक्सिन लगाउने लगायतका क्रियाकलाप मार्फत सामाजिक पुँजी र महिला शसक्तिकरण मझबुद बनाउने तथा बाख्राको उत्पादन र उत्पादकत्व बृद्धिका लागि बाख्रापालक किसानको ज्ञान सीप र पहुँच वृद्धि गर्दै आम्दानी बढाउने कार्य भई रहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।
कार्यक्रम संचालन पश्चात् किसानहरुमा पशुपालन गर्ने विधि प्रक्रियामा परिवर्तनले गर्दा आम्दानी र सकारात्मक बानि व्यवहारको विकास भएको पाईएको छ । परम्मरागत रुपमा बाख्रापालन गर्दै आएका किसानहरुले सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम संचालन पछि स्बबलम्बी समूहमा आबद्ध भई व्यवसायिक बाख्रापालन थालनी गरेका पाईएको छ ।


प्रतिकृया लेख्नुहोस्: