भाद्र ८ गते, २०८३ - १६ः१०
Follow us:

आत्मनिर्भर बनाउनको लागि सिद्धलेकका कृषकहरुलाईमा बाख्रा उपहार

धादिङ १ असार ।

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ को खरमटारर हटिया तथा वडा नं ७ को अमिलिछाप, पिपलटारमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपाल ,सिद्धलेक गाउँपालिको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत शनिबार ४ वटा मुल समुहमा १ सय ८४ बाख्रा वितरण गरीएको हो । कुन्नेश्वरी,अमिलिछाप,मङकाली जनचेतना स्वाबलम्बी महिला समुहका सदस्यहरुलाई का२/२ओटा बाख्रा वितरण गरेको हो । यसै गरि ४ मुल र १२ वटा उपहार समुहमा १/१ उन्नत जातको बोका उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिकाका वडा नं ६ र ७ वडाध्यक्षद्धय टीका प्रसाद थपलिया लक्ष्मण प्रसाद खतिवडा,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, लगायतको विषेश आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले महिला ससक्तिकरण गर्दै अाम्दानी बढाउनको लागी सामाजिक पुँजि वृद्धि र बाख्रापालन कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई बाख्रापालनका १५ तरिकालाई बिशेष ध्यान दिएर पाल्न अाम्दानी र खर्चको समेत हिसाबलाई ख्याल गरेर पालन गर्न आग्रह गर्नुभयो । यसैगरी बडाध्यक्षले लक्ष्मण खतिवडाले सिद्धलेक गाउँपालिकाका वडाहरुमा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने गाउँपालिकाको सोचमा प्रयास नेपाल धादिङले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो ।

कार्यकममा अाफुहरुले पाएको उपहारलाई सहि सदुपयोग गर्ने र कार्यक्रम संचालन पछि समुदायमा सामाजिक एकता भावना वृद्धि भएको भएको बताउनु भयो । सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत १२ वटा मुल समूह र ४७ वटा उपहार समूह गठन,सीप तथा क्षमता विकास र व्यवसायिक बाख्रापालन,नश्ल सुधार ,सुधारिएको खोर निर्माण र घाँस खेती बिस्तार जस्ता कार्य हुँदै अाएको प्रयास नेपालका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।

प्रतिकृया लेख्नुहोस्: