आश्विन २० गते, २०८१ - १२ः३९
Follow us:

समाजवादी पार्टी (बिहीबार) निर्वाचन आयोगमा दर्ता गरिदै

काठमाडौं २९ जेठ ।

समाजवादी पार्टी नेपाल दल दर्ताका लागि भोलि (बिहीबार) निर्वाचन आयोग जाने भएको छ ।गत वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल र डा. बाबुरम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबिच एकता भई समाजवादी पार्टी नेपाल नामक नयाँ पार्टी बनेपछि उक्त पार्टी आयोगमा दर्ता गर्नका लागि बिहीबारदेखि प्रक्रिया थालिने भएको हो ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार दल दर्ताका लागि पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका पदाधिकारीहरु र केही केन्द्रीय सदस्यहरु अपरान्न साढे १२ बजे आयोगमा पुग्नेछन् ।

पार्टी एकता भइसकेपछि ४५ दिनभित्रमा निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने आयोगका प्रावधान अनुसार समाजवादी पार्टीले भोलिदेखि प्रक्रिया थाल्न लागेको हो ।जसका लागि दुवै पार्टीको केन्द्रीय समितिले पार्टी एकता गर्नका लागि निर्णय गरेको माइन्युट, पार्टीको विधान, घोषणापत्रहरु आयोगमा बुझाउनुपर्ने छ ।दल दर्ताका लागि नवराज सुवेदी, शिवजी यादव लगायतका नेताहरुलाई जिम्मेवारी दिइएको छ ।सार्बजनिक डटकमबाट

प्रतिकृया लेख्नुहोस्: