आधारभूत स्वास्थ्य केन्द्रका लागि सिद्धलेकमा स्वास्थ्यकर्मीको माग
जेष्ठ ३० गते, २०७६ - ०४ः५४ मा प्रकाशित
धादिङ २९ जेठ । धादिङको सिद्धलेक गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्रका लागि स्वास्थ्यकर्मी माग गरेको छ ।गाउँपालिका भित्रका आधारभूत स्वास्थ्य केन्द्रहरुमा अहेव,अनमी र कार्यलय सहयोगीका लागि आवेदन खुलाएको हो ।सिद्धलेक गाउँपालिकाले वडा नम्बर १,४ र ५ का आधारभूत स्वास्थ्य केन्द्रका लागि ३ जना अहेव, ४,५ र ७ नम्बर वडाका लागि ३ जना अनमी र १,४,५ र ७ नम्बर वडाका लागि ४ जना कार्यलय सहयोगीको पदका लागि आवेदन खुलाएको छ ।गाउँपालिकाले यी पदहरुमा ७ दिनभित्र आवेदन दिन सुचना प्रकाशित गरेको छ । गाउँपालिकाले लिखित परीक्षा र अन्तरर्वातामार्फत कर्मचारी छनोट गर्ने छ ।गाउँपालिकाले ती पदहरुमा करार सेवाका लागि आवेदन खुलाएको हो ।