जेष्ठ ५ गते, २०८३ - २२ः१६
Follow us:

आँखुखोलाले बगाउदा दाङकी विपना भुसाल बेपत्ता


धादिङ २९ जेठ ।
आँखुखोलाले बगाएर धादिङमा एक जना बेपत्ता भएका छन् । टारीबेंसीको आँखुखोलामा लुगा धुन गएकी विद्यार्थी १९ वर्षीया विपना भुसाल बेपत्ता भएकी हुन् । आँखुखोला हाइड्रोपावरको बाँध खुलेर खोला बढेपछि भुसाललाई बगाएका स्थानीयले आरोप लगाएका छन् । दाङ जिल्ला घर भएकी भुसाल विनायक कलेजमा हेल्थ असिसटेन्ट (एचए) अध्ययनरत थिइन् । उनी प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा प्रयोगात्मक कक्षाका लागि आएकी हुन् ।

प्रतिकृया लेख्नुहोस्: