भाद्र २ गते, २०८३ - १४ः१६
Follow us:

बुढाथुममा सामाजिक परिक्षण सम्पन्न

धादिङ २५ जेठ ।

धादिङ २५ जेठ ।
उत्तरी धादिङको गंगाजमुना गाउपालिका वडा नम्बर ७ बुढाथुममा गंगाजमुना गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा शनिबार सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । गंगाजमुना गाउपालिका वडा नं ७ का वडा अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उञ्जिला तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि तामाङले सामुदायिक स्वास्थ्य सम्बन्धी कार्यक्रम, महिला स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु निरन्तर संचालन गरिने बताउनुभयो ।

यसैबीच वडा अध्यक्ष बाबुराम न्यौपानेले स्वास्थ्यचौकीमा औषधी अभाव हुन नदिने, ल्याबसेवाका लागि पहल गरि गुणस्तर सुधार गर्ने प्रतवद्धता व्यक्त गर्नुभयो । गाउपालिका क्षेत्रका सबै स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गर्ने, पालिका स्तरमा भ्याक्सिन स्टोर गर्ने सब सेन्टर स्थापना गर्ने, गाउपालिकामा एम्बुलेन्स सेवा संचालन गर्ने गंगाजमुना गाउपालिका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो । प्रसुति कुरुवा घर बनाई घरमा हुने सुत्केरी सुन्य बनाउन योजना बनाईने उहाको योजना थियो ।

नियमित स्वास्थ्य सेवा, विरामी जाच सहित २४ घण्टे प्रसुति सेवा दिदै आएकोले निरन्तर सेवामा लागिरहने बताउदै स्वास्थ्यचौकी प्रमुख केशरबहादुर भण्डारीले गुणस्तरीय सेवामा ध्यान दिने बताउनुभयो । सहजकर्ता सीताराम अधिकारीले समुदाय स्तरमा गरिएको छलफलमा आएका समस्याहरु प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया लेख्नुहोस्: