आश्विन ७ गते, २०८३ - ०३ः२१
Follow us:

न्यारो बडीमा पनि ‘अनियमितता’

काठमाण्डौं २५ जेठ

वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ । 

नेपाल वायुसेवा निगमले ल्याएका ए ३२०–२०० सिरिजका न्यारोबडीमा पनि खरिद प्रक्रिया मिचेको र बजार मूल्यभन्दा बढी रकम खर्चिएर अर्बौं रुपैयाँ हानि पुर्‍याएको समितिको ठम्याइ छ ।

ती जहाज हालका कार्यकारी अध्यक्ष मदन खरेल महाप्रबन्धक हुँदा किनेका हुन्। असार १४ र साउन १० मा भित्र्याएका ए३३०–२४३ वाइड बडी भने भर्खरै बाहिरिएका महाप्रबन्धक सुगतरत्न कंसाकारले ल्याएका हुन् । अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिकृया लेख्नुहोस्: