आश्विन २४ गते, २०८१ - १३ः१९
Follow us:

विकास बजेटबाट सांसदलाई ल्यापटप

काठमाण्डौ २१ जेठ

सरकारले विकास बजेटमा छुट्याइएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद् सचिवालयले खरिद प्रक्रिया अघि बढाइएको छ ।

सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि ३ सय ३४ थान ल्यापटप खरिद गर्न प्रक्रिया सुरु गरेको हो ।

खरिदका लागि आइतबार बोलपत्र आह्वान गरिएको छ । आर्थिक वर्षको अन्तिममा आइपुग्दा विकासका लागि छुट्याइएको बजेट खर्च नभएपछि सांसदलाई ल्यापटप खरिद गर्न रकमान्तर गरिएको हो । नागरिक दैनिकबाट

प्रतिकृया लेख्नुहोस्: