जेष्ठ ५ गते, २०८३ - २१ः३३
Follow us:

कोरियामा पनि नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान सुरु


धादिङ २० जेठ
नेपाली काँग्रेसको राष्ट्रिय अभियान दक्षिण कोरियामा पनि सुरु भएको छ । रोजगारको लागि दक्षिण कोरिया पुगेका नेपालीहरुले कोरियाको सउलबाट राष्ट्रिय अभियान सुर गरेका छन्। आईतबार अभियान दक्षिण कोरियाको सउलबाट भव्य उद्घाटन गरीएको छ । आईतबार सउलमा भएको कार्यक्रम नेपाली कांग्रेसका नेता तथा पुर्व खेलकुद मन्त्री राजन केसिले उद्घाटन गर्नुभएको छ । नेपाली कांग्रेसले देश ब्यापिरूपमा संचालन गरेको अभियानलाई प्रवासमा पनि उत्साहजनक बनाउन कोरियामा पनि अभियानको सुरूवात गरिएको दक्षिण कोरियामा रहनुभएका युवा समाजसेवि मनोज थापाले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेता केसीले अहिलेको सरकार काम भन्दा पनि कुरा बढी गर्ने सरकार भएको टिप्पणी गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति कोरियाका उपसभापति लक्ष्यमण दाहालको स्वागत मनतब्य राख्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा समर्थकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: